मोटरसाइकल दुर्घटनामा एकको मृत्यु

भक्तपुर, कार्तिक २०
भक्तपुरको मध्यपुर थिमी नगरपालिका १ लोकन्थलीनजिकै गएराती मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । दुर्घटनामा मोटरसाइकल चालक सिन्धुपाल्चोक भोटेकोशी गाउँपालिका २ का २७ वर्षीय पुण्यबहादुर बोहराको मृत्यु भएको हो ।
गम्भीर घाइते भएका बोहराको उपचारको क्रममा गठ्ठाघरस्थित नागरिक अस्पतालमा मृत्यु भएको प्रहरी वृत्त थिमीले जनाएको छ । काठमाडौँबाट भक्तपुरतर्फ जाँदै गरेको प्रदेश ३–०२– ०१२ प ६३३५ नम्बरको मोटरसाइकललाई गएराती सवा १० बजे अर्को सवारी साधनले ठक्कर दिएको प्रहरीको भनाई रहेको छ । प्रहरीले ठक्कर दिने सवारी साधनको खोजी गरिरहेको जनाएको छ ।