लागु औषधसहित एक जना पक्राउ

भक्तपुर, कार्तिक १४
प्रहरीले लागु औषध बिक्रि वितरण र ओसारपसारमा संलग्न एक जनालाई मध्यपुर थिमि–१, लोहकिल्थलीस्थित आँखा अस्पताल नजिकबाट पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा प्रहरीले सिराहाको लाहान नगरपालिका वडा नं. ४ घर भई हाल ललितपुर पाटन बस्ने २३ वर्षिय रमेश कुमार आनन्दलाई पक्राउ गरेको हो ।
प्रहरीले उनको साथबाट ६ सय थान नाइट्राभेट ट्याब्लेट समेत बरामद गरिएको प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी प्रहरी नायव उपरिक्षक राजु पाण्डेले बताउनुभयो । उनलाई प्रहरी प्रभाग बालकोटको टोलीले पक्राउ गरेको हो । पक्राउ परेका आनन्दलाई प्रहरी वृत्त थिमिमा राखी थप अनुसन्धान भइरहेको प्रनाउ पाण्डेले बताउनुभयो ।