नेपाल सम्वतको अवसरमा जर्मनीमा साँस्कृतिक कार्यक्रम

भक्तपुर, कार्तिक १४
नेपाल सम्वत न्हुँ दँ ११४३ को अवसरमा जर्मनीमा पनि साँस्कृतिक कार्यक्रम आयोजना गरिएको छ । जर्मनस्थित नेवाः खल हम्बर्ग परिवारले नेपाल सम्वत ११४३ नयाँ बर्षको उपलक्ष्यमा ‘नेपाल सम्बत ११४३ म्हःपुजा तथा शुभ दीपावली, नेवाः भोज र बिबिध सांस्कृतिक’ कायक्रम आयोजना गरिएको हो ।
नेपालको आफ्नै मौलिक सम्वतको रुपमा रहेको नेपाल सम्वतको पहिचानसँगै विदेशमा बस्ने नेपालीहरुले आफ्नो पहिचानको लागि उक्त कार्यक्रम आयोजना गरिएको हो आयोजक संस्थाका मानव कुमार श्रेष्ठले बताउनुभयो ।
कार्यक्रममा विश्व नेवाः संगठनका उपाध्यक्ष रजनी प्रधानले प्रवासमा रहेका नेपालीहरुले आफ्नो संस्कृति परम्परा जोगाईराख्नु पर्ने बताउनुभयो । उहाँले विशेष गरी नेवाः समुदायमा नेपालको पहिचानका रुपमा धेरै प्रकारका नाचगान, बाजागाजा, पहिरन, भोज र चाडपर्वहरु रहेको बताउँदैं कर्मथलो परदेश भए पनि जन्मथलोको सम्झना आउने गरी साँस्कृतिक कार्यक्रमहरु गर्दै जानुपर्नेमा जोड दिनुभयो ।
जर्मनको हम्बर्ग शहरस्थित बार्मबेकर मार्केट ४१ मा सम्पन्न कार्यक्रममा बेल्जियम, फ्रान्स, लण्डन लगायत जर्मनको विभिन्न शहरहरुबाट करिव ६०० जनाको सहभागिता रहेको संस्थाका संस्थापक अध्यक्ष एवं संरक्षक कुमार नापितले जानकारी दिनुभयो ।
स्थानीय जर्मन नागरिकहरुको समेत उपस्थिति रहेको कार्यक्रममा संस्थाका संरक्षक चिरन श्रेष्ठले लाखे प्याखं देखाउनु भएको थियो ।
जानकारी दिएको छ । उक्त कार्यक्रम संस्थाका अध्यक्ष मानव कुमार श्रेष्ठ संयोजक सञ्जय श्रेष्ठ रहेको छ भने कार्यक्रम सञ्चालनमा उद्घोषण संस्थाका सस्थापक अध्यक्ष कुमार नापीत र सहउद्घोषणमा डा.मन्दिरा सायजुले गरेको थियो । संस्थाका सम्रक्षक चिरन श्रेष्ठले लाखे प्याखं नाचेर देखाउँनु भएको थियो । साथै लोकप्रिय कलाकारहरुले आप्mनो प्रस्तुती दिनुभएको थियो ।
कार्यक्रममा आयोजक संस्थाका अध्यक्ष मानव कुमार श्रेष्ठ, उपाध्यक्ष बिपिन श्रेष्ठ, कोषाध्यक्ष जगन श्रेष्ठ, संस्थापक संरक्षकहरु चिरन कुमार श्रेष्ठ, नरेन्द्र श्रेष्ठ, कुमार नापित, सांस्कृतिक संरक्षक सरोज श्रेष्ठ, सांस्कृतिक सञ्जय श्रेष्ठ, सहउपाध्यक्ष उर्मिला बदगामी, सल्लाहकार सकिला राजभण्डारी, राजाराम श्रेष्ठ, सह सल्लाहाकार गणेश ताल्चाभडेल, सदस्यहरु रामकाजी गोसाई, प्रविन श्रेष्ठ, डा.मन्दिरा सायजुलगायतले कर्मको लागि संसारको जुनसुकै स्थानमा पुगेपनि आफ्नो मौलिक कला, संस्कृति बिर्सनु नहुनेमा जोड दिनुभएको थियो ।