जबरजस्ती करणी गरेको अभियोगमा ४९ वर्षिय चन्द पक्राउ

भक्तपुर, असोज १२
जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले बैतडी सिगास गाउँपालिका वडा नं. ५ घर भई हाल मध्यपुर थिमि वडा नंं ९ बोडे बस्ने ४९ वर्षिय टेक बहादुर चन्दलाई बुधवार पक्राउ गरेको छ ।
उनलाई आफ्नै घरमा काम गर्ने १९ वर्षिया महिलालाई जबरजस्ती गरेको अभियोगमा पक्राउ गरिएको जिल्ला प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी प्रहरी नायव उपरिक्षक राजु पाण्डेले जानकारी दिनुभयो । घटनाको बारेमा थप अनुसन्धान भइरहेको उहाँले बताउनुभयो ।