नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि भक्तपुरका ६३ जना खेलाडी छानिए

भक्तपुर, असोज ९
गण्डकी प्रदेशको राजधानी पोखरामा हुने नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि बागमति प्रदेशको प्रतिनिधित्व गर्दै भक्तपुरका ६३ जना खेलाडी सहभागी हुने भएको छ । बागमति प्रदेशस्तरिय छनोटमा सफल हुँदैं भक्तपुरका ६३ जनाले नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागिता जनाउन लागेको हो ।
नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि छनोट भएका भक्तपुरका खेलाडीहरुमा टेबल टेनिसका दिया देउला, अन्जु सुवाल, करिना सुवाल र अनामिका कस्ति, फुलकन्ट्याक्ट कराँतेका शिरीष भुजु र रोहिणी कस्ति, भारात्तोलनको ६२ केजि तौल समूहमा प्रदेन बाडे श्रेष्ठ, जिमन्याष्टिकमा रिजु रन्जित, प्रकृति थापा मगर, रेगिसा घेमोसु, जेनिशा थापा, सौभाग्य कोजु, पुरुषतर्फ सुमन नापित, सुमन तामाङ र अनिष सुवाल छन ।


त्यसैगरी बुद्धिचालमा निकेन कुसाथ र सबिना श्रेष्ठ, शारिरीक सुगठनमा सोहिल बैद्य, रोजिना ख्यामली र दिनेस गोसाइँ, आईटिएफ तेक्वान्डोमा मुना राई, रिदम आले, अजय तामाङ, गिरीस राना, समिर श्रेष्ठ, अनिशा कार्की, कवड्डीमा पूजा दुवाल, अञ्जु गोसाई, रेश्मी दुवाल, मनिषा ग्वाछा, उरुषा शाक्य, सविन बहजु, सरमन प्रजापती, मनिष भैल र विनय गोसाई रहेका छन् ।
लन टेनीसका रोजन दुवाल, बक्सिङ्गको महिला ५० किलो तौल समुहमा अस्मिता दुवाल, खो खो ( पुरुष तर्फ) राज कुस्मा, प्रितीस सिन्तकल, महिलातर्फ मोहन कुमारी श्रेष्ठ, शुशीला कवां, निशा सायजु, कृजला जरेजु, प्रशन्ना सिजखु, प्रिन्सिका गोसाई र अनुष्का माक, महिला क्रिकेटमा पूर्णिमा बराल, सिनोरा कटवाल, संस्कृति प्रसाई, सेल्सा माकजु, लक्ष्मी पाण्डे, प्रज्ञा तिम्सिना, सन्भी चौधरी, अनुषा रोक्का, सिजृना श्रेष्ठ, सृष्टि श्रेष्ठ र करिमा थापाले पनि नवौं राष्ट्रिय खेलकुदमा भक्तपुरको प्रतिनिधित्व गर्ने भएको छ ।


त्यसैगरी क्रिकेट (पुरुष तर्फ) निश्चल थापा र सौरभ कार्की, बास्केटबलमा पुरुषतर्फ शतिष श्रेष्ठ, महिलातर्फ कृषा दङ्गीखा, हक्की पुरुषतर्फ नितिश न्यौपाने र महिलातर्फ सायारा राजवहाक नवौ राष्ट्रिय खेलकुदका लागि भक्तपुरबाट छनौट भएको जिल्ला खेलकुद विकास समितिका अध्यक्ष दिपक थापाले जानकारी दिनुभयो ।