मध्यपुर थिमि वडा लिगमा आज दुई खेल हुने

भक्तपुर, असोज ९
मध्यपुर थिमि नगरपालिकाको आयोजना र मध्यपुर युथ एशोसियसनको संयोजनमा सानोथिमिस्थित एशोसियसनको मैदानमा जारी मध्यपुर थिमि वडा लिग फुटबल प्रतियोगिता २०७९ मा आज (आइतवार) दुई खेल हुने भएको छ ।
लिगमा आज पहिलो खेल वडा नं. ३ र वडा नं. ८ बीच दिउँसो ११ बजे हुनेछ भने दोस्रो खेल दिउँसो ३ बजे वडा नं. २ र वडा नं. ७ बीच हुने प्रतियोगिता संयोजक अष्ट कवेले जानकारी दिए ।
लिगको शनिवार सम्पन्न उद्घाटन खेलमा वडा नं. १ ले वडा नं. ४ लाई २–० ले पराजित गरेको थियो । लिगमा कुल ९ टोलीको सहभागिता रहेको छ । राउण्ड रोविन लिग अन्र्तगत खेलाईने प्रतियोगिता कार्तिक ७ गतेसम्म चल्नेछ ।

उद्घाटन कार्यक्रमका केही तस्विरहरु