गोठाटारमा गोली लागेर घाईते हुनेको पहिचान खुल्यो

भक्तपुर, असोज ३
काठमाण्डौंको गोठाटारमा गोली लागेर घाईते भएका व्यक्तिको पहिचान खुलेको छ । प्रहरीका अनुसार गोली लागेर घाईते हुनेमा सर्लाहीको हरिवन नगरपालिका–२ का ५५ वर्षीय लाल मोहम्मद भन्ने मोहम्मद दर्जी हुन् । तीन गोली लागेका दर्जीको त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा उपचार भइरहेको छ ।
घाईते दर्जीले रातो टिर्सट र जिन्स लगाई मोटरसाइकलमा आएका व्यक्तिले गोली हानेर भागेको बताएको प्रहरीले बताएको छ । घटनाको काठमाण्डौं प्रहरी परिसर र उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले अनुसन्धान गरिरहेको छ । गोली हानेर भाग्ने व्यक्तिको खोजीका लागि उपत्यकाका नाकाहरुमा कडाइ गरिएको छ ।