काठमाण्डौंको गोठाटारमा गोली लागेर एक घाईते

भक्तपुर, असोज ३
काठमाण्डौंको कागेश्वरी मनोहरा नगरपालिकाको गोठाटारमा सोमवार साँझ गोली चलेको छ । गोली लागेर एक जना घाइते भएका छन् । उपत्यका प्रहरी कार्यालय प्रमुख एआईजी रवीन्द्र धानुकले गोली चलेको पुष्टि गर्दै कसले र के कारणले गोली चलाएको हो भन्ने विषयमा अनुसन्धान भइरहेको बताउनुभयो ।
घाइतेलाई ३ वटा गोली लागेको छ र उनलाई उपचारका लागि त्रिवि शिक्षण अस्पताल लगिएको प्रहरीले जनाएको छ । घटनाको बारेमा प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ ।