तेस्रो उपत्यकाव्यापी करातेमा बुढानीलकण्ठ च्याम्पियन

भक्तपुर, असोज २
तेस्रो उपत्यकाब्यापी कराते प्रतियोगितामा बुढानीलकण्ठ डोजो टिम च्याम्पियन बनेको छ । विद्या आर्जन डोजोले आयोजना गरेको प्रतियोगितामा बुढानीलकण्ठ ८ स्वर्ण सहित टिम च्याम्पियन बनेको हो ।
प्रतियोगितामा आयोजक विद्या आर्जन डोजो ५ स्वर्ण सहित दोस्रो र भक्तपुर मेन डोजो ४ स्वर्ण सहित तेस्रो भए । उपत्यकाब्यापी प्रतियोगिता भएपनि भक्तपुर, काठमाण्डौं ,ललितपुर, काभ्रे, सिन्धुपाल्चोक, रामेछापका २५ डोजोका खेलाडीहरु सहभागी भएका थिए ।


प्रतियोगितामा महिलातर्फ २० केजी देखि ५५ केजी तथा खुल्ला र पुरुषतर्फ २० केजी देखि ६० केजीसम्म तौल समूह तथा स्पर्धामा प्रतिष्पर्धा भएको थियो भने महिला पुरुष दुवैको एकल कातामा पनि प्रतिष्पर्धा गराईएको थियो ।
प्रतियोगिताको उत्कृष्ट खेलाडी विद्या आर्जन डोजोका सुन्दर तामाङ र काठमाण्डौं सेन्ट्रल डोजोकी निमुसा खड्का घोषित भए । यस्तै उमेर समूह अन्तर्गत १० वर्षका सुलभ भुजेल उत्कृष्ट खेलाडी भएका थिए ।
विजेता खेलाडी र डोजोलाई नेपाल कराते महासंघका कार्यवहाक अध्यक्ष एवं सितेरियो करातेका अध्यक्ष दावा गुरुङ, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष दिपक थापा, कराते महासंघका राष्ट्रिय रेफ्रि संयोजक महेशमान रञ्जीतलगायतले पुरस्कार प्रदान गरेका थिए ।