भक्तपुरमा तीन वर्ष २२६ जनाले आत्महत्या गरे

भक्तपुर, असोज २
विगत तीन वर्षमा भक्तपुरमा दुई सय २६ जनाले आत्महत्या गरेका छन् । जिल्लामा बढ्दो आत्महत्याका घटना न्यूनिकरणका लागि विश्व आत्महत्या रोकथाम दिवसको अवसरमा आइतवार प्रहरीले आयोजना गरेको सचेतना कार्यक्रममा सो जानकारी दिएको हो ।
कार्यक्रममा आत्महत्या सम्बन्धि त्रिबर्षीय तथ्यांक प्रस्तुत गर्दै आर्थिक वर्ष २०७६÷ ०७७ मा ८२ जना, आ. व. २०७७÷०७८ मा ६४ जना र आ. व. २०७८÷०७९ मा ८० जना गरी जम्मा २२६ जनाले आत्महत्या गरेको जानकारी दिएको हो ।
भक्तपुरमा झुण्डीएर आत्महत्या गर्ने प्रकृति बढी रहेको जिल्ला प्रहरी परिसर भक्तपुरका प्रमुख प्रहरी उपरिक्षक प्रजित के.सी.ले बताउनुभयो । विगत तीन वर्षमा झुण्डी आत्महत्या गर्ने १६१ जना रहेका छन् भने विष सेवन गर्ने ६१ जना, हाम फाली आत्महत्या गर्ने ३ जना र औजारले काटेर आत्महत्या गर्ने १ जना रहेका छन् ।
भक्तपुरमा दुई वर्ष यता १० बालबालिकाले आत्महत्या गरेको प्रहरी नायक उपरिक्षक राजु पाण्डेले जानकारी दिनुभयो । हाल विभिन्न समाजिक संजाल तथा अनलाइन खेल र इन्टरनेटको गलत प्रयोगले पनि बाल मनोविज्ञानमा ठूलो असर परेको जसको कारण पनि बालबालिका आत्महत्या गर्न उत्साही भएको पाइएको उहाँले बताउनुभयो । उहाँका अनुसार महिनाको आधारमा सबैभन्दा बढी असार महिनामा आत्महत्याको दर बढि रहेको छ ।


यस्तै उमेर समूहको आधारमा सबैभन्दा बढी १८ देखी ३० बर्ष सम्मका उमेर समूहका युवाले आत्महत्या गर्ने गरेको पाईएको छ । भक्तपुरमा महिला भन्दा बढि पुरुषले आत्महत्या गर्ने गरेका छन् । आत्महत्या गर्नुमा प्रेममा असफल, आर्थिक अवस्था कमजोरी, पारिवारिक वातावरण असन्तुलन, मानसिक अवस्था ठीक नहुनु, दिर्घ रोगी, शिक्षामा असफलता, मादक पदार्थ र लागु पदार्थ सेवन, बेरोजगारी, प्रेम सम्बन्धलाई घरका परिवारले स्वीकार नगर्नु, झुठ्ठा आरोप, घरेलु हिंसा, रिस÷क्षणिक आवेग, नाजायज सम्बन्ध र देखासिखी जस्ता कारणहरु रहेका छन ।
कार्यक्रम अघि भक्तपुरको टौमढीमा भेलाई बृहत सचेतना ¥याली आयोजना गरिएको थियो । टौमढीबाट शुरु भएको ¥याली नासमना, बंशगोपाल, तेखापुखुः, भार्भाचो, दुधपाटी हुँदैं सिद्धपोखरीमा पुगेर समापन भएको थियो ।
¥यालीमा प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्मा, जिल्ला प्रहरी परिसर भक्तपुरका प्रमुख प्रहरी उपरीक्षक प्रजित के.सी. स्थानिय जनप्रतिनिधि, विभिन्न संघसंस्थाका पदाधिकारीहरु, विभिन्न विद्यालयका शिक्षक÷शिक्षिकाहरु, विद्यार्थीहरु, पत्रकारहरु र प्रहरी कर्मचारीहरु सहभागि थिए ।