बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा युवक पक्राउ

भक्तपुर, असोज २
एक १३ वर्षिया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा दोलखाको शैलुङ गाँउपालिका वडा नं. ७ घर भई हाल भक्तपुर दुधपाटी बस्ने १९ वर्षिय युवक अशोक भन्ने अनिश भुजेललाई प्रहरीले पक्राउ गरेको छ ।
भुजेललाई गत भाद्र ३० गते १३ बालिकालाई भक्तपुरको दुधपाटीस्थित मःमः एण्ड पिज्जा हाउसमा लगेर विभिन्न प्रलोभनमा पारी जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ गरेको हो ।
घटनापछि फरार भुजेललाई ललितपुर उपमहानगरपालिका वडा नं. ९ भुलढोकाबाट नियन्त्रणमा लिएको जिल्ला प्रहरी परिसर भक्तपुरका सूचना अधिकृत प्रहरी नायव उपरिक्षक राजु पाण्डेले बताउनुभयो । भुजेललाई जबरजस्ती करणी कसुरमा थप अनुसन्धान कार्य भइरहेको प्रनाउ पाण्डेले बताउनुभयो ।