अनुसन्धान विभागको प्रमुखमा थापा नियुक्त

भक्तपुर, भाद्र २८
राष्ट्रिय अनुसन्धान विभागको मुख्य अनुसन्धान निर्देशकमा हुतराज थापा नियुक्त हुनुभएको छ । मन्त्रिपरिषदको सोमवार बसेको बैठकले थापालाई विभागको प्रमुखमा नियुक्त गर्ने निर्णय गरेको हो । थापा यसअघि विभागको वरिष्ठतम अतिरिक्त मुख्य अनुसन्धान निर्देशक थिए ।
थापाले बुधवारदेखी कार्यभार सम्हाल्ने छन । विभागका प्रमुख यदुलाल खरेलले मंगलबारदेखि अनिवार्य अवकाश पाउने भएपछि मन्त्रिपरिषदले सोमवार बुधवारदेखी लागु हुनेगरी थापालाई प्रमुखमा नियुक्त गर्ने निर्णय गरेको हो । थापाले तीन वर्ष विभागको नेतृत्व गर्नेछन् ।
त्यस्तै, रिक्त भएको अतिरिक्त मुख्य अनुसन्धान निर्देशनको पदमा टेकेन्द्र कार्कीको बढुवा भएको छ ।