वि पी को जन्मजयन्तीमा रक्तदान

भक्तपुर, भदौ २४
महामानव वि पी कोइरालाको १०९ औं जन्म जयन्तीको अवसरमा मध्यपुर थिमि–१, लोहकिल्थलीमा आयोजित रक्तदान कार्यक्रममा २० जनाले रक्तदान गरेका छन । नेपाली कांग्रेस मध्यपुर थिमि वडा नं. १ इकाई समितिले आयोजना गरेको सो रक्तदान कार्यक्रममा ५ महिलासहित २० जनाले रक्तदान गरेको हो ।


नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले ईकाइ समितिका सचिव सुरेश बस्नेतलाई रगतको व्याग हस्तान्तरण गर्दै रक्तदान कार्यक्रमको शुभारम्भ गर्नुभएको थियो । उक्त रक्तदान कार्यक्रमलाई नेपाल रेडक्रस सोसाईटी दिव्यश्वरी उपशाखाले प्राविधिक सहयोग गरेको आयोजक समितिका सभापति विजयकृष्ण खड्काले जानकारी दिनुभयो ।


रक्तदान अघि वि पी पूर्णकदको शालिकमा माल्यापर्ण गरिएको थियो । माल्यापर्णमा कांग्रेस उपसभापति खड्कासहित जिल्ला सभापति दुर्लभ थापा, मध्यपुर थिमि नगरसभापति हरिदास प्रजापति, चाँगुनारायण नगरसभापति शिवहरी केसी, महासमिति सदस्य विष्णुराज कार्की, उमेश खड्का, जिल्ला उपसभापति उर्मिला वन, महाधिवेशन प्रतिनिधि सन्तोष भट्टराई, पुर्व जिल्ला सभापति महेश श्रेष्ठ, मध्यपुर थिमि नगरपालिकाका प्रमुख सुरेन्द्र श्रेष्ठ, जिल्ला समन्वय समिति भक्तपुरका उपप्रमुख सुजाता बैद्य, वडा नं. १ का वडाअध्यक्ष बाबुकाजी डंगोललगायतका नेता कार्यकर्ताहरुको उपस्थिती रहेको थियो । सो अवसरमा उपसभापति खड्काले वृक्षारोपण समेत गर्नुभएको थियो ।