दुव्र्यवहार गरेको आरोप लगाउँदैं डा. श्रेष्ठ विरुद्ध सहकर्मीले दिए उजुरी

भक्तपुर, भाद्र २३
शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रका कार्यकारी निर्देशक डा. पुकारचन्द्र श्रेष्ठले दुव्र्यवहार गरेको भन्दै केन्द्रकै एक चिकित्सकले जिल्ला प्रहरी परिसर भक्तपुरको महिला सेलमा उजुरी दिएको छ । केन्द्रमा खुल्ला प्रतिष्पर्धाबाट स्थायी नियुक्त भएका एक महिला चिकित्सकले कामकाजको सिलसिलामा डा. श्रेष्ठले पटक पटक दुव्र्यवहार गरेको भन्दै परिसरको महिला सेलमा गत भदौ २१ गते मंगलवार उजुरी दर्ता गरेको हो ।
उजुरीमा डा. श्रेष्ठले अस्वाभाविक, अमर्यादित एवं लज्जास्पद अभिव्यक्ति दिई मान मर्दन गर्ने, कार्यक्षमता, योग्यता र दक्षतामाथी गम्भीर प्रश्न चिन्ह खडा गर्ने, शल्यक्रियाको अवस्थामा समेत अपमानजनक व्यवहार गरेर हत्तोत्साही गराउने, चरित्र हत्या गर्ने तथा सार्वजनिक रूपमा माली, बेईज्जती गर्ने गरेको उल्लेख गरिएको स्रोतले जानकारी दिए । उजुरीमा उजुरीकर्ताले डा. श्रेष्ठको व्यवहारले मानसिक रुपमा भयभित भएको र मानसिक तनाव उत्पन्न गराएको समेत उल्लेख गरेका छन ।
उजुरीका विषयमा दुवै पक्षलाई उपस्थित गराई छलफल गराएको परिसरका सूचना अधिकारी प्रहरी नायव उपरिक्षक राजु पाण्डेले बताउनुभयो । उजुरीको व्यहोरा अध्ययन गर्दा प्रहरीको कार्यक्षेत्रभित्र नपर्ने जस्तो देखिएपनि मानविय दृष्टिकोणले छलफल गराएको बताउँदैं उहाँले बुधवार र बिहिवार गरी दुई दिन भएको छलफलमा सहमति नजिक पुगेको जानकारी दिनुभयो ।
“कार्यस्थलमा हुने फरक फरक खाले दुव्र्यवहारको उपचार कानुनले फरक फरक निकायलाई जिम्मेवारी तोकिएको छ । उजुरीकर्ताले उजुरीमा उल्लेख गरिएको व्यहोरा अध्ययन गर्दा र छलफलमा व्यक्त अभिव्यक्तिले माथिल्लो तहका पदाधिकारीले तल्लो तहका कर्मचारीलाई गर्ने व्यवहारसँग सम्बन्धीत देखिन्छ,” प्रनाउ पाण्डेले भन्नुभयो, “सोही अनुसार दुवै पक्षलाई बोलाएर छलफल गराएका छौं । सहमति नजिक पनि पुग्नु भएको छ ।” उहाँले कार्यसम्पादनका क्रममा हुने दुव्र्यवहारका विषयमा सोही निकायको माथिल्लो निकाय वा सम्बन्धीत पेशागत संस्थामा उजुरी दिन सकिने व्यवस्था भएकाले सोही अनुसार गर्न समेत उजुरीकर्तालाई सुझाव दिएको जानकारी दिनुभयो ।