नाबालिकालाई जबरजस्ती करणी गरी फरार व्यक्ति २५ वर्षपछि पक्राउ

भक्तपुर, भाद्र १७
नाबालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा सर्वोच्च अदालतबाट कैद तथा अंश भराउने फैसलापछि फरार रहेका भक्तपुर नगरपालिका साविक वडा नं. ११ क्वाछें बस्ने ४० वर्षिय लिपक तुल्सीव्याखोलाई कास्कीको पोखराबाट प्रहरीले पक्राउ गरी शुक्रवार सार्वजनिक गरेको छ । उनलाई कास्की प्रहरीको सहयोगमा बिहिवार जिल्ला प्रहरी परिसर भक्तपुरको टोलीले पक्राउ गरेको हो ।
तुल्सीव्याखोलाई अपराध गरेको २५ वर्ष र पैmसला भएको १६ वर्षपछि पक्राउ गरिएको हो । उनलाई २०५४ साल मंसिर ८ गते ६ वर्षिया नाबालिकालाई जबरजस्ती करणी गरेको अभियोग लागेको थियो । सो अभियोगमा सर्वोच्च अदालतले २०६३ साल माघ ८ गते ८ वर्ष कैद र उनको आधार भाग अंश पिडित नाबालिकालाई दिनुपर्ने पैmसला गरेको थियो । सो फैसला पछि उनी फरार भएका थिए ।
हाल कास्कीको पोखरामा व्यवसाय गरी बसेको छ भन्ने सूचना प्रहरीले पाएपछि कास्की प्रहरीको सहयोगमा उनलाई पक्राउ गरिएको परिसरका सूचना अधिकृत प्रहरी नायव उपरिक्षक राजु पाण्डेले बताउनुभयो । पक्राउ परेका तुल्सीव्याखोलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत भक्तपुरमा पेश गरिएको छ ।