लैनचौर टिम च्याम्पियन

भक्तपुर, भदौ ५
लैनचौर तेक्वान्दो डोजाङ उपत्यकाव्यापी क्योरोगी तथा पुम्से तेक्वान्दो प्रतियोगितामा टिम च्याम्पियन बनेको छ । भक्तपुर जिल्ला तेक्वान्दो संघद्वारा आयोजित प्रतियोगितामा लैनचौरले ६ स्वर्ण, ३ रजत र ३ कांस्य जित्दै टिम च्याम्पियन बनेको हो ।
लैनचौरका लागि कृजला श्रेष्ठ, पुनम खत्री, आकृति गुरुङ, रोहन भुजेल, पुष्पत्तम राउत र स्विकार रजकले स्वर्ण जिते । त्यस्तै रितिका शाही, लेङडेन तामाङ र समन्ना खड्गीले रजत जिते । सुमिना खड्गी, अनिश लामा र ऋतिक तामाङले कांस्य हात पारेको लैनचौरका प्रमुख गौरव रजकले बताए ।