जबरजस्ती करणी गरको अभियोगमा युवक पक्राउ

भक्तपुर, असार २७
जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले चाँगुनारायण नगरपालिका–९, ताथलीबाट एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा २७ वर्षिय टिकाराज कटुवाल हुन ।
कटुवालमाथि सूर्यविनायक नगरपालिका–१०, चित्तपोलको पिस फुल रिसोर्टमा लगेर १६ वर्षिया नाबालिकालाई जबरजस्ती करणी गरेको आरोप लागेको छ । पिडित बालिकाको आफन्तको जाहेरीमा कटुवाललाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर भक्तपुरका निमित्त सूचना अधिकारी प्रहरी निरिक्षक लोकशादुर जिसीले जानकारी दिनुभयो । कटुवाललाई प्रहरी वृत्त जगातीको नियन्त्रणमा राखी थप अनुसन्धान भइरहेको जिसीले बताउनुभयो ।