लक्ष्मण र लक्ष्मीलाई अपहिलको उपाधी

भक्तपुर, असार २७
लक्ष्मण मल्ल र लक्ष्मी मगरले ‘माउन्टेन बाइक अपहिल च्यालेन्ज सिरिज २०२२’ को उपाधी जितेका छन् । सात चरणमा सम्पन्न भएको प्रतियोगिताको एलिट पुरुष विधामा लक्ष्मणले १४५० अंकका साथ उपाधी जितेका हुन भने लक्ष्मीले १४०० अंक प्राप्त गर्दै उपाधी जितिन ।
पुरुषतर्फ सुरज रानामगर ९४० र कुमार तामाङ ८७० अंकका साथ दोस्रो र तेस्रो स्थानमा रहे । महिलतर्फ दोस्रो भएकी उषा खनालले १३५० पाइन भने ईन्द्रकुमारी तामाङ तेस्रो भइन ।
दुबै विधामा विजेता, उपविजेता र तेस्रो स्थान हासिल गर्ने खेलाडीले क्रमशः २५ हजार, २० हजार र १५ हजार नगल पुरस्कार प्राप्त गरे ।
गत जनवरी ८ बाट सुरु भएको प्रतियोगिताको समापन आइतबार बालुवाटार स्थित ढुकु फुटसल हबमा भएको थियो । २५० भन्दा बढी स्वदेशी तथा विदेशी साइकल राइडर सहभागी प्रतियोगिता पाँच विधाका विभिन्न १३ उमेर समुहमा आयोजना भएको थियो ।
प्रतियोगिताको हरेक सात संस्करणलाई सात वटा फरक फरक व्यवसायिक साईक्लीङ संस्थाले आयोजना गरेका थिए । जसमा ट्रेक बाइक नेपाल, हिमालयन सिंगल ट्र्याक, एमटीबी कग्स, इपिक माउन्टेन बाइक, लक्ष्मी साइकल सेन्टर, प्याङ्क बाइक र ट्यापआउट फिटनेश तथा ढुकु स्पोर्ट्स हव रहेका थिए ।
यस्तै, जुनियर पुरुष तर्फ राहुल वाईवा पहिलो, हिमान उपाध्याय दोस्रो तथा तेस्रो स्थान हासिल गरेका सुसिम चित्राकारले क्रमशः २०, १५ र १० हजार पुरस्कार प्राप्त गरे ।
प्रतियोगिताको युथ (१२) तर्फ पूर्णराज तामाङ विजयी भए । मास्टर पुरुष तर्फ टेलर हिवर्व, मास्टर महिला तर्फ गोगी ग्रेवल, भेट्रान (५० माथि) ड्यानियल डेनेस, ग्रान्डमास्टर पुरुष तर्फ पेम्बा शेर्पा, ग्रान्डमास्टर महिला तर्फ निभा श्रेष्ठ र सिनियर पुरुष तर्फ स्टेफन जेम्स किलिङ विजयी भए ।
प्रतियोगिताका विजेतालाई नेपाल साइक्लिङ संघका पूर्व अध्यक्ष छिमि उर्गेन गुरुङले पुरस्कृत गरे ।
सिरिजका आयोजक एवं राष्ट्रिय साईक्लिङ टोलीका प्रशिक्षक प्रयास तामाङले प्रतियोगितामा नेपालको साइक्लिङ समुदायको उत्साहजनक सहभागिता रहेकोले आगामी दिनमा अझै भव्य र परिस्कृत ढंगले अगाडि बढ्ने बताए ।