महामन्त्री शर्मा र भक्तपुर सभापति थापा अमेरिका प्रस्थान

भक्तपुर, असार १८
नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा, नेपाली कांग्रेस जिल्ला कार्यसमिति भक्तपुरका सभापति दुर्लभ थापासहितको टोली अमेरिका प्रस्थान गर्नुभएको छ । थापा गैरआवासीय नेपाली महासंघ अमेरिकाको ११औं सम्मेलन र तेस्रो ‘नलेज कन्भेन्सन’मा सहभागी हुन शर्मा र थापासहितको टोली अमेरिका प्रस्थान गर्नुभएको हो । टोलीमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रतिमा गौतम, नेताहरु मनोजमणी आचार्य, शंकर डांगी, बंसलाल तामाङ, अमृत भट्टचन, महेश खनाल र कबिता शर्मा छन ।
गैरआवासीय नेपाली महासंघ अमेरिकाको ११औं सम्मेलन नर्थ क्यारोलिना राज्यमा जुलाई ३ र ४ मा हुनेछ । सम्मेलनमा विज्ञान र प्रविधि, दिगो कृषि र प्राकृतिक स्रोत व्यवस्थापन, नेपालमा लगानीको क्षेत्र र संगठित लगानी, मास मिडिया र सामाजिक सञ्जाल, सामाजिक विज्ञान र लोककल्याण, महिला, युवा र नेपाली संस्कृति, प्रविधि र पूर्वाधारलगायत ११ फरक विषयमा विज्ञहरूले कार्यपत्र प्रस्तुत गर्ने कार्यक्रम रहेको आयोजकले जनाएको छ ।
सम्मेलनमा एनआरएन आईसीसीका अध्यक्षहरू विभिन्न देशमा रहेका एनआरएन नेतृत्वसँगै अमेरिकाका करिब चार सय प्रतिनिधिको सहभागिता रहने जनाइएको छ । सम्मेलनको महामन्त्री शर्माले उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।