नेपाल आर्मी टिम च्याम्पियन, शिवराज र जयरानी उत्कृष्ट खेलाडी

भक्तपुर, असार १३

नेपाल आर्मी ४४ औं राष्ट्रिय एथलेटिक्स प्रतियोगितामा च्याम्पियन बनेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आइतवार सम्पन्न प्रतियोगितामा आर्मी १८ स्वर्ण, १२ रजत र ५ कांस्य जित्दै टिम च्याम्पियनको बनेको हो ।
नेपाल एथलेटिक्स संघको आयोजना गरेको प्रतियोगितामा एपीएफ क्लब ९ स्वर्ण, ६ रजत ८ कांस्यसाथ दोश्रो भयो । तेश्रो स्थानको बाग्मती प्रदेशले ३ स्वर्ण, २ रजत र ६ कांस्य हात पा¥यो । ३२ स्वर्णका लागि भएको प्रतिस्पर्धामा बाँकी २ स्वर्ण नेपाल प्रहरी क्लबले जित्यो । प्रहरीले ३ रजत र ४ कांस्य पनि हासिल ग¥यो । सात प्रदेश र तीन विभागीय गरी १० टिम सहभागी प्रतियोगितामा ६ टिम स्वर्णविहीन रहे ।


प्रतियोगिताको पुरुषमा एपीएफका शिवराज पार्की तथा महिलामा च्याम्पियन टोली आर्मीकी जयरानी थारु उत्कृष्ट खेलाडी घोषित भए । शिवराजले ३ स्वर्ण र १ रजत जिते । जयरानीले २ कीर्तिमानीसहित ४ स्वर्ण कब्जा गरिन् । जयरानीको नाममा थप १ रजत पनि रह्यो । जयरानीले १ सय र ४ सय मिटर हर्डल्समा कीर्तिमान रचेकी थिइन् । प्रतियोगितामा कुल ३ राष्ट्रिय कीर्तिमान बने । थप १ कीर्तिमान आर्मीका जीवन थारुले पुरुष १ सय १० मिटर हर्डल्समा बनाएका थिए । जीवनले १ कीर्तिमानीसहित २ स्वर्ण र उत्तिनै रजत हात पारे । प्रत्येक राष्ट्रिय कीर्तिमानका लागि ५ हजार नगद पुरस्कार प्रदान गरियो ।
विजेतालाई युवा तथा खेलकुद मन्त्रालयका सचिव डा. दामोदर रेग्मी, राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङ, नेपाल एथलेटिक्स संघका अध्यक्ष राजीवविक्रम शाहलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । तीनदिने प्रतियोगितामा २ सय ४० खेलाडीको सहभागिता रहेको आयोजक संघका सचिव आरके विष्टले जनाएका छन् ।