बैकिंङ कसुरमा कटुञ्जेबाट घिमिरे पक्राउ

भक्तपुर, असार ८
बैंक खातामा रकम नभएको चेक दिई बैंकिंङ कसुर गरेको अभियोगमा प्रहरीले भक्तपुरको कटुञ्जेबाट मंगलवार एक जना पक्राउ गरेको छ । पक्राउ पर्नेमा हलेसी नगरपालिका वडा नं ६ खोटाङ स्थायी घर भई हाल सूर्यविनायक नगरपालिका वडा नं ५ कटुञ्जे बस्ने ३५ वर्षिय उपेन्द्र घिमिरे हुन ।
घिमिरेले विभिन्न १० जना व्यक्तिहरुलाई आफ्नो रकम नभएको बैंक खाताबाट चेक काटी २ करोड ३२ लाख ४० हजार बराबरको बैंकिङ कसुर गरी फरार भएको जिल्ला प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी प्रहरी नायव उपरिक्षक राजु पाण्डेले बताउनुभयो । घिमिरेलाई प्रहरी वृत्त जगातीमा राखी थप अनुसन्धान भइरहेको पाण्डेले जानकारी दिनुभयो ।