अवैध काठसहित दुई जना पक्राउ

भक्तपुर, असार ८
अवैध साल तथा सल्ला काठ सहित प्रहरीले दुई जनालाई ब्रम्हायणी चेकपोष्टबाट पक्राउ गरेको छ । सवारी जाँचका क्रममा बा १८ च ३१३० नम्बरको बोलेरो गाडीमा विलजिक नभएको साल तथा सल्ला, उतिस र चिलाउनेका २७ थान काठसहित सोमवार दुई जनालाई नियन्त्रणमा लिएको हो ।
पक्राउ पर्नेहरुमा बोलेरो चालक ईन्द्रावती गाउँपालिका–३ सिन्धुपाल्चोकका ३० वर्षिय प्रविन ठकुरी र काठधनी जुगल गाउँपालिका ४ सिन्धुपाल्चोक घर भई हाल काठमाण्डौं मुलपानी बस्ने ३३ वर्षिय दानबहादुर सापकोटा छन ।
जिल्ला प्रहरी परिसर भक्तपुरले पक्राउ परेका दुवै जनालाई काठ र गाडीसहित थप कारवाहीका लागि डिभिजन वन कार्यालय सानोथिमि पठाएको परिसरका सूचना अधिकारी प्रहरी नायव उपरिक्षक राजु पाण्डेले बताउनुभयो ।