शौचालय सार्वजनिक प्रयोगबारे महानगर र ३२ संघ संस्थाबीच सम्झौता

भक्तपुर, असार ७
काठमाण्डौंका विभिन्न ३२ वटा संघ संस्थाले आफ्नो कार्यालयको शौचालय सार्वजनिक प्रयोगका लागि काठमाण्डौं महानगरपालिकासँग मंगलवार सम्झौता गरेका छन । महानगरको आह्वानलाई स्विकार गरी बैंक, रेष्टुरेन्ट, स्कुल, प्रकाशनगृह, बिजनेस कम्प्लेक्ससहित ३२ वटा संघसंस्थाका प्रतिनिधिहरूसँग मंगलवार सम्झौता गरेको हो भने नविल बैंकले यसअघि नै सम्झौता गरिसकेको छ ।
सम्झौतापत्रमा महानगरका तर्फबाट निर्देशक नुरनिधि न्यौपानेले र संघ संस्थाकातर्फबाट प्रतिनिधिहरूले हस्ताक्षर गरेका थिए । सो अवसरमा महानगरका प्रमुख बालेन्द्र शाह (बालेन), उपप्रमुख सुनिता डंगोल र प्रमुख प्रशासकीय अधिकृत लोकनाथ पौडेलको उपस्थिती रहेको थियो ।
सम्झौता ५ वर्षसम्म कार्यान्वयनमा रहनेछ । सम्झौता अवधीमा संघसंस्थाले आफूसँग भएका शौचालयलाई सार्वजनिक प्रयोगका लागि उपलब्ध गराउनेछन् । शौचालयको मर्मतसम्भार गर्ने, सरसफाइ गर्न आवश्यक सामग्री तथा पानी, सुगन्धका सामान व्यवस्था गर्ने जिम्मा सम्बन्धीत संस्थाकै हुनेछ ।
सर्वसाधारण प्रयोगकर्तालाई सार्वजनिक शौचालय चिन्न सजिलो होस् र सबै सार्वजनिक शौचालयको पहिचान एउटै होस् भनेर संकेत चिह्न तयार पारिएको छ । गोलो रेखाभित्र नीलो पृष्ठभूमि, त्यसको माथिल्लो भागमा नेपाली भाषामा सेतो अक्षरले ‘सार्वजनिक शौचालय’ लेखिएको छ । बीच भागमा सेतो रङ्गमै महिला र पुरुषको चिह्न रहेको छ । संकेत चिह्नको पुछारमा अंग्रेजी भाषामा ‘पब्लिक ट्वाइलेट’ लेखिएको छ ।
सम्झौता गरेका संघ संस्थाहरु
१ टाइम्स स्क्वायर लाउन्ज एण्ड बार, बालुवाटार
२ पशुपति भ्यू होटल एण्ड रेष्टुरेन्ट, बालकुमारी टोल
३ डेन्टल भिला वडा नं. १४, बल्खु
४ देवयानी इन्टरनेशनल नेपाल प्रालिअन्तर्गत
क पिजा हट, वडा नं. १ दरबारमार्ग
ख केएफसी, वडा नं. १ दरबारमार्ग
ग केएफसी, वडा नं.६ बौद्ध
५ डाक गल्वी कोरियन हाउस, ल्याकसु गल्ली, बसन्तपुर
६ होटल रत्नज्योति, पेरिसडाँडा
७ नेक्सस ग्लोबल भिसा एण्ड इमिग्रेसन प्रालि, शंखमूल
८ खानेकुरा प्रालि, गौशाला
९ सांग्रिला डेभलपमेन्ट बैंक, बालुवाटार
१० बेबिलोन नेशनल स्कुल, शान्तिनगर
११ ओटिसी किचेन रेष्टुरेन्ट, बालुवाटार
१२ नेपालय पब्लिकेसन, डिल्लीबजार
१३ बसुन्धरा एण्ड गोङ्गबु एरिया रेष्टुरेन्ट, बसुन्धरा
१४ गोमा लक्ष्मी इन्टरनेशनल, ठमेल
१५ घराना लञ्च एण्ड बार, बानेश्वर
१६ कामना सेवा विकास बंैक, कुलेश्वर, बौद्ध, ठमेल, ज्ञानेश्वर, कलंकी, भीमसेनगोला, नयाँ बानेश्वर, न्युरोड
१७ सिटी एक्सप्रेस मनी ट्रान्सफर, कमलादी
१८ नेम इन्स्टिच्युट फर मेडिकल एजुकेसन प्रालि, पुतलीसडक
१९ आरडीएक्स बार प्रालि‚ ठमेल
२० नेपालगञ्ज विरयानी, डिल्लीबजार पिपलबोट
२१ कार्निभल रेष्ट्रो एण्ड मिटिङ, बिजुलीबजार
२२ बार्दली रेष्ट्रो एण्ड मिटिङ, शंखमूल
२२ नेशनल बिजनेस ट्रेड सेन्टर, कलंकी
२३ सांग्रिला डेपलपमेन्ट बैङ्क, बालुवाटार
२४ बिन्का लङ्, छाउनी
२५ प्रोग्रेसियो विस्ट्रो पिबीज रेष्टुरेन्ट, बौद्ध
२६ मिलाल्याण्ड डिभलपमेन्ट प्रालि, कलंकी
२७ क्रिम्पजी एडभेन्चर हब, बौद्ध
२८ बर्गर हब एण्ड केसिए चिकेन, बिजुलीबजार
२९ अनुपम फुडल्याण्ड, बत्तिसपुतली
३० रिट्रिप क्याफे, बौद्ध
३१ चिकेन स्टेशन
३२ स्तुपा हब, बौद्ध