रासस अध्यक्षमा धर्मेन्द्र झा नियुक्त

भक्तपुर, असार ६
राष्ट्रिय समाचार समिति (रासस) सञ्चालक समितिको अध्यक्षमा पत्रकार धर्मेन्द्र झा नियुक्त भएका छन् । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले झालाई अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो ।
नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष समेत रहेका झालाई सूचना तथा सञ्चार प्रविधि मन्त्रालयको प्रस्तावमा सरकारले चार वर्षका लागि अध्यक्षमा नियुक्त गरेको हो । वरिष्ठ पत्रकार झा विगत तीन दशकदेखि पत्रकारितामा क्रियाशील छन् । उहाँ विगत एक बर्षभन्दा अघिदेखि कोसी अनलाइनको प्रधानसम्पादकका रूपमा कार्यरत छन् ।