एन्फा अध्यक्षमा पंकज निर्वाचित

अखिल नेपाल फुटबल संघ (एन्फा)को अध्यक्षमा पंकज बिक्रम नेम्बाङ निर्वाचित भएका छन् । काठमाडौंको बुढानिलकण्ठस्थित पार्क भिलेज रिसोर्टमा सोमबार भएको निर्वाचनबाट नेम्बाङ निर्वाचित भएका हुन् ।

नेम्बाङले अध्यक्षका अर्का प्रत्यासी कर्माछिरिङ शेर्पालाई पराजित गर्दै निर्वाचित भएका हुन् । नेम्बाङले ४५ मत प्राप्त गर्दा शेर्पाले ३९ मत प्राप्त गरे ।