मध्यपुर थिमि बोडेका साहु मृत अवस्थामा फेला, हत्याको आशंकामा केही पक्राउ

भक्तपुर, जेठ २९
मध्यपुर थिमि नगरपालिका–८ का ५१ वर्षिय कल्याण साहुको हत्या भएको अवस्थामा फेला परेको छ । साहु आइतवार बिहान बोडेस्थित लर्डबुद्ध स्कुल अगाडि निर्माणाधिन टहरामा मृत अवस्थामा फेला परेको थियो । उनको टाउकोमा गम्भिर चोट लागेको र शव घोप्टो परी रगताम्य अवस्थामा फेला परेको थियो ।
प्रहरीले साहुको हत्या भएको आशंकामा केही सशंकित व्यक्तिलाई पक्राउ गरी अनुसन्धान थालिएको जिल्ला प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी प्रहरी नायव उपरिक्षक राजु पाण्डेले बताउनुभयो ।
“साहुलाई कर्तव्य गरी मारिएको आशंकामा केही संशकित व्यक्तिहरुलाई पक्राउ गरी प्रहरी वृत्त थिमीमा ल्याई थप अनुसन्धान भईरहेको छ,” उहाँले भन्नुभयो । प्रारम्भिक अनुसन्धान पुरा गरी शवलाई पोष्टमार्टमका लागि केएमसी अस्पताल दुवाकोट पठाएको प्रनाउ पाण्डेले बताउनुभयो ।