काठमाण्डौंमा भूकम्पको कडा धक्का, केन्द्रविन्दु भक्तपुरको चाँगुनारायण

भक्तपुर, जेठ २८
काठमाण्डौं उपत्यकासहितका आसपास क्षेत्रमा शनिबार बिहान भूकम्पको कडा धक्का महशुस भएको छ । बिहान २ बजेर ३६ मिनेटमा करिव ४ सेकेण्ड भूकम्पको धक्का महशुस गरिएको हो ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले ४.७ म्याग्निच्यूडको यो भूकम्पको केन्द्रबिन्दु भक्तपुरको चाँगुनारायण आसपास रहेको जनाएको छ । उपत्यकाभित्र नै केन्दै विन्दु भएकाले भूकम्पको धक्का कडा महशुस गरिएको र सर्वसाधारण घरबाहिर निस्किएको थियो ।
वि. सं. २०७२ वैशाख १२ गतेको शक्तिशाली गोरखा भूकम्पयता लगातार सानाठूला धक्का महसुस हुने गरेका छन् ।