दुधको ट्यांकरले ठक्कर दिँदा स्कुटर चालकको मृत्यु

भक्तपुर, जेठ २३
मध्यपुर थिमि वडा नं. १ लोकन्थलीमा दुध बोकेको ट्यांकरले ठक्कर दिँदा स्कुटर चालकको मृत्यु भएको छ । भक्तपुरबाट काठमाण्डौंतर्फ जाँदै गरेको बाग्मती प्रदेश ०२–०२५ प १६२० नं को स्कुटरलाई सोही दिशातर्फ जाँदै गरेको बाग्मती प्रदेश ०१–००४ क ०५८० नं को दुधको ट्याङकरले अरनिको राजमार्ग अन्तर्गत लोकन्थली चोकमा सोमवार साँझ ठक्कर दिएको थियो ।
ट्यांकरको ठक्करले स्कुटर चालक काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका वडा नं. ५ बस्ने ४५ वर्षिय नकुल थापा गम्भिर घाईते भई उपचारको लागि नागरीक अस्पताल गट्ठाघर लगिएकोमा त्यही उपचारका क्रममा मृत्यु भएको हो ।
प्रहरीले ट्यांकर चालक भक्तपुर नगरपालिका वडा नं. २ ब्यासी बस्ने ३५ वर्षिय राजन ब्यान्जुसहित दुवै सवारी साधन नियन्त्रणमा लिएको जिल्ला प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी प्रहरी नायव उपरिक्षक राजु पाण्डेले बताउनुभयो । प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको छ ।
यसैबीच मृतकका आफन्तले गठ्ठाघर चोकमा भेला भएर अरनिको राजमार्ग सांकेतिकरुपमा अवरुद्ध गरेका छन । उनीहरुले पिडितले न्याय पाउनुपर्ने, दोषीलाई कडा भन्दा कडा सजाय हुनुपर्ने माग राखी राजमार्गमा प्रदर्शन गर्दै सडक अवरुद्ध बनाएका हुन । प्रहरीले प्रदर्शनकारीहरुलाई हटाएर राजमार्ग सूचारु गरेको थियो ।