सिथि नखःमा टोल टोलमा गरे पानीका स्रोतको सरसफाई

भक्तपुर, जेठ २२
सिथि नखःको अवसरमा भक्तपुरका नेवार समूदायले आइतवार पानीका मूहान र स्रोत वरिपरी सरसफाई गरेको छ । बिहानै कुमारको पुजा गरी बारा, चतामरी, म्हुछ्यामरी, मालपुवा, पापडीलगायतका पकवान खाएर सिथि नखः मनाएका नेवार समूदायले साँझ पख पानीका मुहान र स्रोतको सरसफाई गरेको हो ।
सिथि नखःमा पानीका मुहान र स्रोत सरसफाई गर्ने प्रचलन सदियौंदेखी चल्दै आएको ईतिहास एवम् संस्कृतिविद प्रा. डा. पुरुषोत्तमलोचन श्रेष्ठले बताउनुभयो । “परापुर्व कालदेखी पानीका मुहान सधैं सफा राख्नु पर्दछ, विशेषगरी वर्षाको बेला पानीका मुहान बढी दुषित हुने भएकाले यसलाई सफा गरिनु पर्दछ भन्ने सन्देश सिथि नखः पर्वले दिएको छ,” उहाँले भन्नुभयो ।
सिथि नखःको दिन सरसफाई गरेको पानीको मुहान र स्रोतमा चार दिनपछि नागनागिनीको पुजा गरेपछि मात्र पानी निकाल्ने प्रचलन रहेको छ ।