भक्तपुरको नवदुर्गा मन्दिरमा दर्शनार्थीको घुइँचो

भक्तपुर, जेठ २२

सिथि नखः पर्वको अवसरमा आईतबार भक्तपुर गछें स्थित नवदुर्गा मन्दिरमा दर्शनार्थीको ठूलो मेला लागेको छ । सिथि नखःको दिन सर्वसाधारण भक्तजनका लागि मन्दिरको ढोका बिहान ५ बजे नै खुल्ला गरेपनि दर्शनार्थीको भिडका कारण लामो लाईन लागेको थियो ।
भगवान कुमारको जन्म दिन समेत भएकाले भक्तपुरका नेवार समूदायमा सिथि नखःको दिन विहानै नुहाई धुवाई गरी चोखो लुगा लगाएर भगवान कुमारको पुजा आरधना गरी मास, मुगी, केराउ लगायतका दलहनबाट बनेका विशेष प्रकारको बारा, चतामरी, नयाँ गहुँको म्हुछ्यामढी (मुठ्ठी पारी बनाइएको विषेश खालको रोटी), आरुबखडा, काँक्रो लगायतका पकवान तथा फलफुल नवदुर्गा भवानीलाई चढाउने परम्परा रहेको छ ।