भाज्या पुखुः सरसफाई

भक्तपुर, जेठ २२
विश्व वातावरण तथा सिथि नखःको अवसरमा भक्तपुर नगरपालिका–१ दुधपाटीस्थित ऐतिहासिक भाज्या पुखुः परिसर सरसफाई गरिएको छ । भक्तपुर नगरपालिकाको आयोजनामा नगरप्रमुख सुनिल प्रजापति, उपप्रमुख रजनी जोशीलगायत जनप्रतिनिधि, कर्मचारी, ख्वप कलेज वातावरण संकायका विद्यार्थी, बासु कलेजका कृषिका विद्यार्थी एवम् स्थानीयको सहभागितामा पुखुः परिसर सरसफाई गरिएको हो ।


सो अवसरमा नगरप्रमुख प्रजापतिले उपत्यकाका नेवार समुदायले इनार, कुवा, पोखरी, धारालगायतका पानीको स्रोत सरसफाइ गरी मनाउने सिथि नखाः पर्व आफैमा वैज्ञानिक पर्वको रुपमा रहेको बताउनुभयो । उहाँले मानव समाज र प्रकृतिबीचको सम्बन्ध अन्योन्याश्रित भएकाले यिनीहरुको संरक्षण गर्दै वातावरणीय सन्तुलन कायम गर्नु सबैको साझा कर्तव्य भएको बताउनुभयो ।
नगर उपप्रमुख रजनी जोशीले सामूहिक प्रयासबाट गरिने कामले व्यापक जनताको हित हुने शिक्षा सिथि नखाः पर्वले दिने गरेको बताउनुभयो ।