गाई काटेको अभियोगमा एक पक्राउ

भक्तपुर, जेठ २२
गाई काटेको अभियोगमा प्रहरीले मध्यपुर थिमि ८ बोडेबाट एक जनालाई शनिवार राती नियन्त्रणमा लिएको छ । बाडेको वडा कार्यालय नजिक गाईको बाछो काटी मासु भाग लगाई रहेको छ भन्ने सूचनाको आधारमा प्रहरीले छापा मारी दोलखा काटाकुटी गाँउपालिका वडा नं. २ घर भई हाल बोडे पाटी बिहार बस्ने ३८ वर्षिय निमा मोक्तानलाई पक्राउ गरेको हो ।
प्रहरीले मोक्तानको साथमा करिव २० के जी मासु समेत बरामद गरेको जिल्ला प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी प्रहरी नायव उपरिक्षक राजु पाण्डेले बताउनुभयो । प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको जनाएको छ ।