एसईई पछिको भविष्य विषयको अभिमुखीकरण सम्पन्न

भक्तपुर, जेठ १५
साफु (सबैको लागि शिक्षा) भक्तपुरले एसईई परीक्षा दिई सकेका विद्यार्थीहरुलाई एसईई पछिको भविष्यका बारेमा दुई दिने अभिमुखीकरण गरेको छ । एसईई पछिको भविष्य विषयक उक्त अभिमुखीकरण कार्यक्रमा व्यस्थापन, कानून, इन्जिनियरिङलगायतका विषय छनौटको लागि सहिजीकरण तथा अभिमुखिकरण गरिएको थियो ।
आयोजक संस्थाका लक्ष्मी बखाद्यःका अनुसार संगीत र कला, चिकित्सा र नर्सिङ विषयमा पनि सो कार्यक्रममा अभिमुखिरण गरिएको थियो । कार्यक्रममा एसईई परीक्षा सकाएका १३२ जना युवा विद्यार्थीहरुको सहभागिता रहेको थियो । साफुको यस कार्यक्रमले युवा बिद्यार्थीको भविष्य निर्माणमा सहयोग हुने अपेक्षा गरिएको संस्थाका श्याम सुन्दर श्रेष्ठले बताउनुभयो । कार्यक्रम शनिवार र आइतवार सञ्चालन भएको थियो ।