तारा एयरको विमान सम्पर्क विहिन

भक्तपुर, जेठ १५
तारा एयरको ९ एनएईटी ट्विनअटर विमान सम्पर्क विहीन भएको छ । पोखराबाट जोमसोमका लागि आज (आइतवार) बिहान ९ बजेर ५५ मिनेटमा उडेको तारा एयरको विमान सम्पर्क विहीन भएको हो ।
विमान बिहान १० बजेर १५ मिनेटमा सम्पर्क विहिन भएको नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता टेकनाथ सिटौलाले जानकारी दिनुभयो । विमानमा १९ जना यात्रु सवार छन ।
तारा एयरका एक अधिकारीका अनुसार अवतरण गर्ने समय भएपनि जहाज अहिलेसम्म सम्पर्कमा छैन । जहाजबारे खोजविन शुुरु गरिएको अधिकारीहरुले बताएका छन ।