धम्की दिई ७ करोड माग गर्ने ७ जना पक्राउ

भक्तपुर, जेठ १३
काठमाण्डौं उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रहरी टोलीले सुनियोजित ढंगले धम्की दिई ७ करोड रुपैंया माग गर्ने ७ जनालाई काठमाण्डौंको विभिन्न स्थानबाट बिहिवार पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा उदयपुर त्रियुगा नगरपालिका–१० का २१ वर्षीय सुजन आचार्य, कालिकोट सान्नित्रिवेणी–८ का २९ वर्षका टेक विक र बझाङ खप्तड छान्ना–७ का धर्मराज थापा, काभ्रेपलान्चोक तेमाल–२ का ३३ वर्षीय उमेश भण्डारी, गुल्मी धुर्कोट–२ का २९ वर्षका वसन्ता खनाल, चितवन भरतपुर–११ का ३२ वर्षीय सुरज शर्मा र काठमाडौं महानगरपालिका–९ सिनामंगलका ३३ वर्षीय श्रवण कार्की हुन ।
उनीहरुले पिडितलाई पटकपटक फोन गरी तथा प्रत्यक्ष भेटेर धम्की दिई ७ करोड रुपैयाँ माग गरेको काठमाण्डौं उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी प्रहरी उपरिक्षक (एसपी) कृष्ण प्रसाद कोइरालाले बताउनुभयो । उनीहरूमाथि आपराधिक लाभ मुद्दामा थप अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाण्डौं पठाइएको छ ।