मध्यपुर थिमिमा मतगणनाका लागि सर्वदलिय बैठक बस्दै

भक्तपुर, बैशाख ३०
मध्यपुर थिमिमा मतगणनाका लागि सर्वदलिय बैठक बस्ने तयारी भइरहेको छ । मतदान स्थलबाट ल्याईएका मतपेटिकाहरुको मुचुल्का गर्ने कार्य भइरहेको बताउँदैं सहायक निर्वाचन अधिकृत केशव सिलवालले मतगणनाको लागि सर्वदलिय बैठक बस्ने तयारी भइरहेको जानकारी दिनुभयो ।
उहाँले सबै मतदानस्थलबाट मतपेटिका आइपुगेको बताउनुभयो । उहाँले आजै मतगणना गर्ने निर्देशन निर्वाचन आयोगले दिएपनि सर्वदलिय बैठकपछि मात्रै मतगणना आजै गर्ने नगर्ने टुंगो लाग्ने बताउनुभयो । “आयोगले आजै मतगणना शुरु गर्नु भन्ने निर्देशन दिएको छ । अहिले ९ बजे सर्वदलिय बैठक बस्दैछ । त्यसपछि मतगणनाको तयारी हुन्छ,” उहाँले भन्नुभयो ।