मध्यपुर थिमिमा कांग्रेसको अग्रता

भक्तपुर, बैशाख ३१
मध्यपुर थिमि नगरपालिकामा नेपाली कांग्रेसले अग्रता लिएको छ । स्थानीय निर्वाचन अन्तर्गत शुक्रवार सम्पन्न मतदानको गएराती शुरु भएको मतगणनाको प्रारम्भिक नतिजामा कांग्रेसले अग्रता लिएको हो ।
मध्यपुर थिमिको वडा नं. १ बाट शुरु गरिएको जारी मतगणनामा हालसम्म ४ सय मत गणना भएको छ । जसमा नगरप्रमुखमा नेपाली कांग्रेसका सुरेन्द्र श्रेष्ठले २१७, नेकपा एमालेमा मदनसुन्दर श्रेष्ठले १४९, उपप्रमुखमा गठबन्धनका तर्फबाट नेकपा माओवादी केन्द्रका विजयकृष्ण श्रेष्ठले १५२, नेकपा एमालेका उत्तरा नेपालले १७२ मत प्राप्त गरेको छ । वडा नं. उत्तरा नेपालको गृह वडा हो ।
त्यस्तै वडाअध्यक्षमा नेपाली कांग्रेसका बाबुकाजी डंगोलले २०१, नेकपा एमालेका कृष्णकुमार प्याथले १४७ मत प्राप्त गरेको छ । महिला सदस्यमा कांग्रेसका सरस्वती खड्काले १८९, नेकपा एमालेका राधा हुमागाईंले १५९, दलित महिला सदस्यमा कांग्रेसका रिमा परियारले १९९, एमालेका खुस्बु परियारले १५८, खुल्ला सदस्यमा कांग्रेसका कान्छाराम द्धारेले १९९, नेकपा माओवादी केन्द्रमा रमेश तामाङले १९१, एमालेका श्याम प्रजापतिले १९१ र सुरेश बुढाथोकीले १५१ मत प्राप्त गरेका छन ।