लागूऔषध सहित एक युवक पक्राउ

भक्तपुर, बैशाख २८
भक्तपुर त्रिपुरासुन्दरीबाट लागूऔषध सहित एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । भक्तपुर नगरपालिका–१ दुधपाटी घर भई हाल भक्तपुरको झौखेलमा बस्ने २९ वर्षिय राजु कर्माचार्यलाई पक्राउ गरेको हो ।
पक्राउ परेका राजुसँग प्रहरीले प्रदेश २–०३५ प ८९६ नम्बरको स्कुटरमा ४ थान नोफिन, ४ थान फेनारगन र ४ थान डाइजेपाम बरामद गरेको भक्तपुर प्रहरी परिसरले जनाएको छ ।
प्रहरी प्रभाग दरवारस्क्वायरबाट खटिएका प्रहरीले सवारी जाँच गर्ने क्रममा लागूऔषध सहित उनलाई पक्राउ गरेको हो । यसबारेमा थप अनुसन्धान भइरहेको महानगरिय प्रहरी परिसर भक्तपुरले जनाएको छ ।