भक्तपुरमा नेकपा एमालेले टुंग्यायो मेयरको उम्मेदवार

भक्तपुर, बैशाख १२
नेकपा एमालेले भक्तपुरका चार नगरपालिकामा मेयर र उपमेयरको उम्मेदवारको टुंगो लगाएको छ । जसअनुसार सूर्यविनायक नगरपालिकाको प्रमुखमा वासुदेव थापा र मध्यपुर थिमिको प्रमुखमा मदनसुन्दर श्रेष्ठ दोहोरिएका छन् । त्यस्तै, चाँगुनारायण नगरपालिकामा हालका उपमेयर बिना बास्तोलालाई बढुवा गरी मेयरको उम्मेदवार बनाइएको छ । भक्तपुर नगरपालिकामा भने रवीन्द्र लाछिमस्युलाई उम्मेदवार बनाइएको छ ।
उपमेयरतर्फ सूर्यविनायक नगरपालिकामा सरिता भट्टराई, मध्यपुर थिमिमा उत्तरा नेपाल चाँगुनारायणमा रमेश बुढाथोकी र भक्तपुर नगरपालिकामा रन्जना खर्बुजा उम्मेदवार बनाउने निर्णय एमालेले गरेको छ ।