भक्तपुरमा कांग्रेसले टुंग्यायो मेयरको उम्मेदवार

भक्तपुर, बैशाख १२
नेपाली कांग्रेसले भक्तपुरका चार नगरपालिकाका प्रमुख तथा उपप्रमुखको उम्मेदवार टुंगो लगाएको छ । कांग्रेसले भक्तपुरको मध्यपुर थिमि नगरपालिकामा सुरेन्द्र श्रेष्ठ, सूर्यविनायकमा निशान ढुंगेल र चाँगुनारायणमा जीवन खत्री र भक्तपुर नगरपालिकामा राम कासुलालाई मेयरको उम्मेदवार बनाउने निर्णय गरेको हो ।
त्यसैगरी कांग्रेसले चाँगुनारायण नगरपालिकाको उपप्रमुखमा सुभद्रा काफ्लेलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।
भक्तपुरका चार नगरपालिका मध्ये मध्यपुर थिमिको उपप्रमुख नेकपा माओवादी केन्द्रलाई र नेकपा एकिकृत समाजवादीलाई भक्तपुर र सूर्यविनायकको उपप्रमुख दिने गठबन्धन दलबीच सहमति भएको छ ।