हार्डवेयर सामग्रीको गोदाममा भिषण आगलागी

भक्तपुर, बैशाख ११
मध्यपुर थिमि कमेरोटार प्लानिङ्गमा रहेको एक गोदाममा भिषण आगलागी भएको छ । जस्ताको टहरामा भएको हार्डवेयर सामग्रीको गोदाममा आगलागी भएको हो ।
करिव साढे ९ बजे लागेको आगो अझैं नियन्त्रणमा आउन सकेको छैन । आगो नियन्त्रणका लागि भक्तपुर, काठमाण्डौं र ललितपुरका चार वटा दमकलको प्रयोग भइरहेको छ ।
आगलागीबाट गोदामभित्रका सामग्री पूर्णरुपमा जलेको महानगरिय प्रहरी वृत्त थिमिका प्रमुख प्रहरी नायव उपरिक्षक हरिनन्दन चौधरीले जानकारी दिनुभयो । गोदाम वरीपरि अरु घर नभएका कारण आगो अन्यत्र फैलन सक्ने खतरा नभएको उहाँले बताउनुभयो ।
गोदाम कस्को हो, कसरी आगो लाग्यो र कति क्षती भयो भन्ने बारेमा विस्तृत विवरण आउन बाँकी रहेको प्रनाउ चौधरीले बताउनुभयो ।