सत्ता गठबन्धनबीच भक्तपुरका तीन नगरको प्रमुख र उपप्रमुखको सिट बाँडफाँडमा सहमति

भक्तपुर, बैशाख ११
सत्ता गठबन्धनबीच भक्तपुरका चार नगरपालिका मध्ये तीन नगरपालिकाको प्रमुख र उपप्रमुखको सिट बाँडफाँडमा सहमति भएको छ । चाँगुनारायण नगरपालिकाको विषयमा भने अझैं सहमति हुन सकेको छैन ।
नेकपा माओवदी केन्द्रका जिल्ला संयोजक सुनिल गोठे बासुका अनुसार मध्यपुर थिमि, भक्तपुर र सूर्यविनायक नगरपालिकाको प्रमुख कांग्रेसलाई दिने सहमति भएको छ । त्यसैगरी मध्यपुर थिमिको उपप्रमुख माओवादी केन्द्र र नेकपा एकिकृत समाजवादीलाई सूर्यविनायक र भक्तपुर नगरपालिकाको उपप्रमुख दिने सहमति भएको छ ।
नगरको प्रमुख र उपप्रमुखको सिट बाँडफाँडमा सहमति भएपनि वडाको विषयमा भने अझै छलफल जारी रहेको बताईएको छ । चाँगुनारायण नगरपालिकामा नेपाली कांग्रेस र राष्ट्रिय प्रजातन्त्र पार्टीबीच यसअघि प्रदेश सभाको उपनिर्वाचनमा भएको सहमतिका विषयमा पनि छलफल भइरहेकोले सत्ता गठबन्धनबीच सहमति हुन बाँकी रहेको स्रोतले जानकारी दिए ।