भक्तपुरमा महिला मतदाताको संख्या बढी

भक्तपुर, चैत्र १५
भक्तपुरमा पुरुषको तुलनामा महिला मतदाताको संख्या बढी रहेको छ । भक्तपुरमा कुल मतदाता एक लाख ८९ हजार ५८४ जना रहेका छन जसमध्ये महिलाको संख्या ९७ हजार ३१४ जना रहेका छन भने पुरुषको संख्या ९२ हजार २५६ र तेस्रोलिंगी ५ जना रहेका छन ।
भक्तपुरका चार वटा स्थानीय तहमध्ये भक्तपुर नगरपालिकामा सबैभन्दा धेरै मतदाता रहेका छन । यहाँ २७ हजार ६५६ पुरुष र २९ हजार ६१४ महिला छन । चाँगुनारायण नगरपालिकामा २१ हजार ९८ पुरुष र २२ हजार ७ महिला गरी कुल ४३ हजार १०५ मतदाता छन ।
त्यस्तै सूर्यविनायक नगरपालिकामा ४७ हजार ३६७ मतदाता छन । ती मध्ये २२ हजार ९८० पुरुष, २४ हजार ३८५ महिला र तेस्रो लिंगी २ जना छन । मध्यपुर थिमि नगरपालिकामा २० हजार ५३१ पुरुष, ३१ हजार ३०८ महिला र तेस्रो लिंगी ३ गरी कुल ४१ हजार ८४२ मतदाता छन ।
भक्तपुरमा ७७ वटा मतदान स्थलमा २१९ मतदान केन्द्र निर्धारण गरिएको छ । जिल्ला निर्वाचन कार्यालयल भक्तपुरले मतदाता संख्याको आधारमा केन्द्र र मतदान स्थल निर्धारण गरेको हो ।
भक्तपुर नगरपालिकामा १६ मतदान स्थल र ६२ मतदान केन्द्र, चाँगुनारायण नगरपालिकाका लागि २१ मतदान स्थल र ५३ मतदान केन्द्र, सूर्यविनायक नगरपालिकामा २३ मतदान स्थल र ५८ मतदान केन्द्र र मध्यपुर थिमि नगरपालिकामा १७ मतदान स्थल र ४६ मतदान केन्द्र तोकिएको कार्यालयका सूचना अधिकारी भीम बिसीले जानकारी दिनुभयो ।