नेपाली कांग्रेस सूर्यविनायक नगर समितिको प्रवक्तामा वरिष्ठ पत्रकार खड्का

भक्तपुर, फागुन २५
भक्तपुरका वरिष्ठ पत्रकार रमेश खड्का नेपाली कांग्रेस सूर्यविनायक नगर समितिको प्रवक्तामा मनोनयन हुनुभएको छ । नगर सभापति निशान ढुंगेलले खड्कालाई नगर कार्यसमिति सदस्यमा मनोनयन गर्दै नगर समितिको सूचना तथा सञ्चार शाखा संयोजक एवम् प्रवक्ता मनोनयन गर्नुभएको हो ।
पत्रकार खड्कालाई नेपाली काग्रेसको विधान २०१७ ( संशोधन सहित ) को धारा ९ उप धारा–२ (ख) अनुसार सुर्यविनायक नगर नगर समितिमा सदस्य पदमा मनोनयन गरेको हो नगर सभापति ढुंगेलले बताउनुभयो ।
धरहरा टाइम्स साप्ताहिकका सम्पादक एवं प्रकाशक खड्का नेपाल पत्रकार महासंघ भक्तपुरका संस्थापक सभापति हुनुहुन्छ । उहाँले यसअघि नेपाली कांग्रेस भक्तपुर क्षेत्र नं. २ र जिल्ला कार्य समितिको प्रचार शाखा सदस्यको जिम्मेवारी सम्हाली सक्नु भएको छ ।