चोरीका मोटरसाइकलसहित युवक पक्राउ

भक्तपुर, फागुन १६
भक्तपुर, चोरीका मोटरसाइकलसहित प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । गोप्य सूचनाका आधारमा महानगरिय प्रहरी परिसर भक्तपुरको टोलीले रामेछाप भिरकोट खनियापानी स्थायी वतन भई हाल काभ्रे बनेपा नगरपालिका–१३, थापागाँउमा डेरा गरी बस्ने १८ वर्षिय युवक छिरिङ घिसिङलाई पक्राउ गरेको हो ।
भक्तपुरका विभिन्न स्थानमा भएका मोटरसाइकल चोरीका घटनाको अनुसन्धानका क्रममा प्रहरीले घिसिङलाई पक्राउ गरिएको परिसरका सूचना अधिकारी प्रहरी नायव उपरिक्षक राजु पाण्डेले बताउनुभयो ।
प्रहरीले घिसिङको साथबाट विभिन्न ब्राण्डका २ वटा मोटरसाईकल र ४ वटा स्कुटर समेत बरामद गरेको प्रनाउ पाण्डेले जानकारी दिनुभयो । घिसिङ माथी थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।