कवि एवं साहित्यकार ध्रुवनारायण जोन्छेका दुई पुस्तक सार्वजनिक

भक्तपुर, फागुन १२
कवि एवं साहित्यकार ध्रुवनारायण जोन्छेका दुई पुस्तक बिहिवार सार्वजनिक भएको छ । संस्कृतिविद जगतमान गुरुङले जोन्छेका कविता संग्रह ‘जीवन एक यात्रा अनेक’ र लेख संग्रह ‘तृष्णामा अल्झिएको जीवन’ गरी दुई पुस्तक विमोचन गर्दै सार्वजनिक गर्नुभएको हो ।
सो अवसरमा गुरुङले नेवाः समूदायले अरुले थिचोमिचो ग¥यो भन्नु भन्दा आफैं सक्षम भएर हरेक क्षेत्रमा स्वच्छ प्रतिष्पर्धामा आउनुपर्नेमा जोड दिनुभयो । भक्तपुर विभिन्न देवालय, पुरातात्विक सम्पदा र नेवाः समुदायको रहनसहन, खानपानका कारण विश्वमा उत्कृष्ट रहेको चर्चा गर्दै भक्तपुरको ईतिहास गौरवपूर्ण रहेको बताउनुभयो ।
साहित्यिक त्रैमासिक पत्रिका अक्षरमार्गका सम्पादक तथा प्रकाशक सूर्यप्रसाद लाकोजूले दुवै कृति मार्मिक भएको बताउनुभयो । सो अवसरमा अक्षरमार्ग पत्रिकाकातर्फबाट लाकोजूले कवि जोन्छेंको विवाहको ४८ औं वर्षगाठको उपलक्ष्यमा कदरपत्रद्धारा सम्मान समेत गर्नुभयो ।
लेखक जोन्छेले कार्यक्रममा जीवनका भोगाईहरुलाई भावुकरुपमा प्रस्तुत गर्दै आफ्ना अनुभवहरुलाई सहकर्मीमाझ साटासाट गर्नुभयो । कवि ध्रुव मधिकर्मीलगाउतक स्रष्टाहरुले दुवै पुस्तकका बारेमा चर्चा गरेका थिए ।