ओली र पाकिस्तानी राजदूतबीच भेटवार्ता

भक्तपुर, फागुन ४
नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री के पी शर्मा ओली र नेपालका लागि पाकिस्तानका राजदूत एच ई सैयद हैदर शाहबीच भेटवार्ता भएको छ । अध्यक्ष ओली निवास भक्तपुर बालकोटमा उहाँहरुबीच भेटवार्ता भएको हो ।
भेटवार्ताका क्रममा नेपाल र पाकिस्तानको सम्बन्धलगायत समसामयिक विषयमा चर्चा भएको बताइएको छ । उहाँहरुबीच नेपाल–पाकिस्तान द्विपक्षीय सम्बन्धलाई थप सुदृढ बनाउने सन्दर्भमा राजनीतिक नेतृत्वसँगको पहुँचको एक हिस्साको रूपमा शिष्टाचार भेट भएको हो ।
भेटमा राजदूतले शाहले केपी शर्मा ओलीको सरकारको कार्यकालमा द्विपक्षीय सम्बन्धलाई प्रगाढ बनाउन महत्वपूर्ण योगदान पुर्याएकोमा उहाँको प्रशंसा गर्नुभयो । साथै उहाँले सार्कलाई थप उचाईमा पुर्याएकोमा धन्यवाद दिँदैं सार्कलाई प्रभावकारी बनाउन थप पहलको लागि आग्रह गर्नुभयो । राजदूत शाहले ओलीले ‘पाकिस्तानको मित्र’का रूपमा नेपाल–पाकिस्तान सम्बन्धमा निरन्तर योगदान दिने विश्वास ब्यक्त गर्नुभयो ।
ओलीले राजदूतलाई धन्यवाद दिँदै दुई देशबीचको सम्बन्ध अझ प्रगाढ बन्ने विश्वास व्यक्त गर्नुभयो ।