च्यामासिंह दुर्घटनाका घाईते कार्कीको मृत्यु

भक्तपुर, फागुन ३
भक्तपुरको च्यामासिंह चोकमा सोमवार राती भएको दुर्घटनामा घाईते मध्ये मोटरसाइकलमा सवार दोलखा तामाकोसी गाउँपालिका–१, भिरकोट घर भई हाल भक्तपुर कमलबिनायक बस्ने ३४ वर्षिय देबेन्द्र कार्कीको मृत्यु भएको छ । अर्का घाईते मोटरसाइकल चालक दोलखा हावा ७ घर भई हाल भक्तपुर सुर्यबिनायक नगरपालिका ५ चुनदेबी बस्ने २७ वर्षिय बलराम सुनुवारको मध्यपुर अस्पतालमा उपचार भईरहेको छ ।
ब्रम्हायणीबाट च्यामासिंहतर्फ आउदै गरेको बा ३ ख ४७६५ नं को बस र बिपरीत दिशाबाट जाँदै गरेको बा ६१ प ६६१८ नं को मोटरसाइकल एक आपसमा ठक्कर खाइ दुर्घटना हुँदा कार्की र सुनुवार घाईते भएको थियो । घाईते दुवै जनालाई मध्यपुर अस्पताल लगिएकोमा उपचारकै क्रममा कार्कीको निधन भएको महानगरिय प्रहरी परिसर भक्तपुरले जनाएको छ ।
दुर्घटनामा संलग्न दुबै सवारी साधन र बस चालक चाँगुनारायण नगरपालिका बस्ने ३९ वर्षिय टिक बहादुर बस्नेतलाई प्रहरी वृत्त जगाताीको नियन्त्रणमा राखी थप अनुसन्धान भइरहेको परिसरका सूचना अधिकारी प्रहरी नायव उपरिक्षक राजु पाण्डेले बताउनुभयो ।