राणा परिवारद्वारा मीनकुमारी ट्रस्ट स्थापना

भक्तपुर, माघ २८
भक्तपुर बालकोट निवासी स्व. मीनकुमारी राणाको स्मृतिमा उनको परिवारले मीनकुमारी स्मृति ट्रष्ट स्थापनाको घोषणा गरेको छ । मीनकुमारीको निधन भएको १३ औं दिनको पुण्य तिथिका अवसरमा बिहिवार राणा परिवारले उनको स्मृतिमा ट्रष्ट स्थापना गर्ने घोषणा गरेका हुन ।
ट्रष्टको संरक्षकमा मीनकुमारीका पति कोमलबिक्रम राणा रहनेछन । त्यस्तै छोराहरु कबिर राणा र रवि राणाका साथै नाति बिक्रान्त बिक्रम राणा सञ्चालक रहनेछन ।
ट्रष्टले पत्रकारिता, खेलकूद र समाजसेवामा विशिष्ट योगदान पु¥याउने व्यक्तिलाई बर्षेनी पुरस्कृत गर्ने र भक्तपुरका विपन्न तथा अशक्त र जेहनदार विद्यार्थीहरुलाई छात्रबृत्तिसमेत प्रदान गर्ने मीनकुमारीका छोरा एवं देशान्तर मिडिया ग्रुप प्रा.लिका कार्यकारी अध्यक्ष तथा प्रधानसम्पादक कबिर राणाले जानकारी दिनुभयो ।
ट्रष्टले त्यसका लागि ३१ लाख ११ हजार १ सय ११ रुपैयाँका अक्षय कोषको स्थापना गरेको जनाएको छ । उक्त अक्षय कोषमा रहेको रकमको ब्याजबाट आउने रकम पुरस्कार तथा समाजसेवामा खर्च गरिने छ ।