अमेरिकी दुतावासले नेपाल कोरिया मैत्री नगरपालिका अस्पताललाई स्वास्थ्य सामग्री सहयोग

भक्तपुर, माघ २८
नेपालका लागि अमेरिकी राजदुतावासले मध्यपुर थिमि नगरपालिकाद्धारा सञ्चालित नेपाल कोरिया मैत्री नगरपालिका अस्पताललाई स्वास्थ्य सामग्री सहयोग गरेको छ । दुतावासले बिहिवार अस्पताललाई २० थान अक्सिजन कन्सेन्ट्रेटर, १० थान बाइपाइप र १० थान सिपाइप प्रदान गरेको हो ।
दुतावासले ती सामग्री अस्पताल व्यवस्थापन समितिका अध्यक्ष एवम् नगरप्रमुख मदनसुन्दर श्रेष्ठलाई हस्तान्तरण गरे । अस्पताल हातामा आयोजित कार्यक्रममा दुतावासले सो स्वास्थ्य सामग्री हस्तान्तरण गरेको हो ।